याङवरक पोखरी पर्यटकको आकर्षण
reportersnepal.com · Thu Oct 15 02:59:04 GMT 2026

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–४ जोरधारामा रहेको याङवरक पोखरीमा पूर्वाधार निर्माण गर्ने कार्य पाँच वर्षमा सम्पन्न भएको छ । पूर्वाधार निर्माण भएसँगै यो पोखरी आन्तरिक पर्यटकको आकर्षणमा परेको छ ।
धार्मिक र ऐतिहासिक महत्व बोकेको पोखरीमा रु छ करोड ४४ लाख २४ हजारको लागतमा पर्यटकीय पूर्वाधार निर्माण भएका हुन । विगतमा रुखविरुवा, बोझो, जलकुम्भी झार, फोहरमैलाले ढाकेको प्राकृतिक पोखरी पानीको फोहरा, सेल्फी खिच्ने ठाउँ, व्यवस्थित रेलिङसहितको पर्यटकीयस्थल बनेको हो । सात मिटर गहिराइ, ५० मिटर लम्बाइ र ५० मिटर चौडाइको यो पोखरी यसएम जोशी आशु जेभी काठमाडौँले निर्माण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)