मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरा महानगरले दियो प्रहरीलाई स्कुटर र साइकल

ratopati.com · Mon Mar 13 06:28:00 GMT 2023

पोखरा । पोखरा महानगरपालिकाले आफ्नो सातौँ स्थापना दिवसका अवसरमा जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालय, कास्कीलाई दुई विद्युतीय स्कटुर र तीन साइकल प्रदान गरेको छ । आइतबार सभागृहमा आयोजित समारोहमा महानगरप्रमुख धनराज आचार्यले प्रहरी कार्यालयका प्रतिनिधिलाई स्कुटरको चाबी हस्तान्तरण गरेका हुन् ।

ट्राफिक व्यवस्थापनसँगै सुरक्षा प्रबन्धमा सहयोग पु-याउने उद्देश्यले महानगरले स्कुटर र साइकल दिएको हो । सोही अवसरमा महानगरको सरसफाइलगायत अभियानमा सहयोग पु¥याएका विभिन्न कार्यालय, सङ्घसंस्था र व्यक्तिलाई सम्मानसमेत गरेको थियो । महानगरमा ३० वर्षभन्दा बढी सेवा गरेका २६ कर्मचारीलाई दीर्घसेवा पदकद्वारा सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)