मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता

kendrabindu.com · Thu Oct 15 03:06:03 GMT 2026

काठमाडौं । भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएको छ । थाइल्यान्डमा चलिरहेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा आज यस्तो सम्झौता भएको हो । अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा अर्थसचिव घनश्याम उपाध्याय र विश्व बैंक समूहका उपाध्यक्ष जर्ज फमिलियरले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि नेपालमा ठूलो भूकम्प गएको अवस्थामा नेपालले छिटो रकम प्राप्त गर्न सक्ने गरी विपद् बन्ड (क्याटास्ट्रोफ बन्ड) को विकास गर्ने बाटो खुलेको अर्थ सचिव उपाध्यायले जानकारी दिए । यो सुरुवात मात्र भएको र सँगै सबै प्रकारका प्राकृतिक विपद् जोखिमको पनि सुरक्षण गर्न सकिने उनको भनाइ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)