मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कमला नदीको पुलबाट यातायात सञ्चालनको तयारी

gorkhapatraonline.com · Thu Oct 15 03:10:47 GMT 2026

हुलाकी राजमार्गमा पर्ने कमला नदीको पुल भएर यातायात सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । आउँदो मङ्सिर अन्तिम सातादेखि कमला पुल भएर यातायात सञ्चालन गर्ने तयारी रहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका प्रमुख एवं सिनियर डिभिजनल प्रमुख कृष्णकुमार महतोले जानकारी दिनुभयो ।

डिभिजनल प्रमुख महतोका अनुसार धनुषा र सिराहा जिल्लालाई जोड्ने कमला पुलको निर्माणका लागि २०६८ सालमा पप्पु जेभी लुम्बनी काठमाडौँसँग सम्झौता भई निर्माण सुरु भएको थियो । उक्त पुल २०७८ सालमा निर्माण सम्पन्न भई सञ्चालनको तिथिमिति नै तोकिएको थियो । उहाँले भन्नुभयो, “२०७८ साल असार १७ गते कमला नदीमा आएको बाढीका कारण पुलका दुई वटा पिल्लर भासिएपछि त्यतिबेला पुल नियमित हुन सकेन ।” निर्माण कम्पनीको बिमा कम्पनीसँगको लफडाले भासिएका पिल्लर निर्माण हुन सकेको थिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)