चीनमाथिको निर्भरता घटाउन भियतनाममा दुर्लभ खनिज खोज्दै ईयू
kendrabindu.com · Thu Oct 15 03:29:20 GMT 2026

हनोई । चीनमाथिको अत्यधिक निर्भरता घटाउन युरोपेली युनियन (ईयू) ले भियतनामबाट महत्त्वपूर्ण खनिज पदार्थ खरिद बढाउने रणनीति बनाएको छ। रोयटर्सले प्राप्त गरेको ईयूको आन्तरिक प्रतिवेदन अनुसार रक्षा उद्योग तथा आधुनिक प्रविधिमा आवश्यक पर्ने दुर्लभ धातुहरूको आपूर्तिका लागि युरोपले भियतनामसँगको सहकार्यलाई तीव्र पार्न खोजेको हो।
भियतनाममा टङ्गस्टन, रेअर अर्थ (दुर्लभ खनिज), एन्टिमनी, बिस्मथ र बक्साइटजस्ता बहुमूल्य र रणनीतिक खनिजका ठूला भण्डारहरू रहेका छन्। बक्साइटबाट उप-उत्पादनका रूपमा ग्यालियम समेत निकाल्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)