बाढी र कटानले सुस्तामा दसैँको रौनक हरायो
gorkhapatraonline.com · Thu Oct 15 03:47:42 GMT 2026

बडादसैँको रौनकले मुलुकभर खुसी र उल्लास छाइरहेका बेला पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका बासिन्दाका लागि भने यस वर्षको दसैँ खल्लो बनेको छ। केही साताअघि नारायणी नदीमा आएको बाढी र कटानका कारण स्थानीयवासीका घरमा दसैँको रौनक छाउन सकेको छैन। उनीहरू खुसीभन्दा बढी पीडा, अभाव र अनिश्चिततामा छन्।
बाढीले घरभित्र भण्डारण गरेर राखिएका खाद्यान्नमा ठुलो क्षति पुर्याएको छ। खेतमा पाक्नै लागेका धानलगायत अन्नबाली बालुवाले पुरिएका छन् भने केरा खेतीमा समेत क्षति पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)