विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य
nepalviews.com · Thu Oct 15 03:46:41 GMT 2026

एजेन्सी । माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको छ। संशोधित व्यवस्थाअनुसार निर्माण, घरजग्गा, लेखापरीक्षण र सूचना प्रविधिसम्बन्धी निश्चित क्षेत्रमा विदेशी लगानीका लागि कम्तीमा २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य गरिएको छ। केही व्यवसाय भने माल्दिभियन नागरिकका लागि मात्र सुरक्षित राखिएका छन्।
आर्थिक विकास, यातायात तथा व्यापारमन्त्री मोहम्मद सइदका अनुसार १५ मिलियन अमेरिकी डलरभन्दा कम मूल्यका निर्माण परियोजना र १०० मिलियन डलरभन्दा कम मूल्यका घरजग्गा परियोजनामा विदेशी लगानी गर्न माल्दिभियन नागरिकको कम्तीमा २५ प्रतिशत हिस्सेदारी हुनुपर्नेछ। लेखापरीक्षण र सूचना प्रविधि सेवामा पनि यही नियम लागू हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)