चौथो टी-२० मा भारतलाई हराउँदै वेस्ट इन्डिजले बराबरी गर्यो सिरिज
nepalsamaya.com · Thu Oct 15 03:53:32 GMT 2026
काठमाडौं- वेस्ट इन्डिजले भारतलाई चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २४ रनले पराजित गरेको छ। गएराती हैदराबादमा सम्पन्न खेलमा जित निकाल्दै वेस्ट इन्डिजले पाँच खेलको सिरिज २–२ को बराबरीमा ल्याएको हो।
वेस्ट इन्डिजले दिएको २४८ रनको लक्ष्य पछ्याएको भारत १९.३ ओभरमा अल आउट हुदै २२३ रन बनाएको थियो। भारतका लागि सञ्जु सामसनले २३ बलमा ५६ रन बनाएका थिए भने तिलक वर्माले २५ बलमा ४३ तथा नितिश कुमार रेड्डीले २० बलमा ४१ रन बनाए पनि भारतलाई जिताउन सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)