नारायणी किनार : तटबन्ध सहित सौन्दर्यअभिवृद्धि
nagariknews.nagariknetwork.com · Thu Oct 15 03:49:45 GMT 2026

नारायणगढ बजारसँगै रहेको नारायणी नदीको तटीय क्षेत्रलाई तटबन्धनसँगै सौन्दर्यअभिवृद्धि गरिने भएको छ। यसअघि बनाइएका अधिकांश संरचना बाढीले बगाएपछि नदी तटीय क्षेत्रको गुरुयोजना निर्माण गरी काम गर्न लागिएको हो।
नदीको बाढी बजारमा पसेपछि उद्योग वाणिज्य सङ्घ चितवनको प्रतिनिधिमण्डलले बजार बचाउन र नदी तटीय क्षेत्रलाई व्यवस्थित गर्ने मागसहित सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य एवं रास्वपाका सभापति रवि लामिछानेलाई भेट गरेको थियो। भेटलगत्तै सभापति लामिछानेको आग्रहपछि पूर्वाधार विकास मन्त्रालयले गुरुयोजना तर्जुमाका लागि कार्यदल बनाएको थियो। रास्वपाका केन्द्रीय कोषाध्यक्ष डा मनोहर प्रधानका अनुसार सभापतिको आग्रहपछि मन्त्रालयले बनाएको कार्यदलले स्थलगत अध्ययन थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)