पूर्वकप्तान पारस खड्का आयो रेमिटको ग्लोबल ब्रान्ड एम्बेसडरमा नियुक्त
ratopati.com · Thu Oct 15 03:56:59 GMT 2026

काठमाडौँ । युके, अस्ट्रेलिया र क्यानडामा सक्रिय रूपमा सेवा प्रदान गर्दै आएको नेपाली स्वामित्वको अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी आयो रेमिट (AYORemit) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लोकप्रिय खेलाडी पारस खड्कालाई आफ्नो ग्लोबल ब्रान्ड एम्बेसडर मा नियुक्त गरेको छ। कम्पनीले छिट्टै युरोपमा पनि आफ्नो सेवा विस्तार गर्ने तयारी गरिरहेको छ।
नेपाली मुलका बेलायतमा स्थापित व्यापारी कमल भण्डारी आयो रेमिटका अध्यक्ष हुन्। हस्ताक्षर कार्यक्रममा भण्डारीको सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)