भारतबाट फर्किनेको गड्डाचौकीमा भिड : स्वास्थ्य परीक्षण अनिवार्य
canadanepal.com · Thu Oct 15 03:58:30 GMT 2026

कञ्चनपुर - दसैँ–तिहार मनाउन भारतबाट स्वदेश फर्किने नेपाली यात्रुको कञ्चनपुरस्थित गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । चाडपर्वका बेला सीमा नाकामा हुने यात्रुको चापलाई ध्यानमा राख्दै विभिन्न सङ्क्रामक रोगको संक्रमण भित्रिन नदिन स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिइएको हो ।
सीमा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमार्फत मलेरिया, क्षयरोग (टीबी), एचआईभी, कोभिड–१९, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)