मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मतगणनामा प्रत्येक उम्मेदवारलाई प्रतिनिधि राख्न नदिनु शंकास्पद : बालेन

onlinekhabar.com · Fri May 13 18:47:19 GMT 2022

३१ वैशाख, काठमाडौं । काठमाडौंमा महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले मतगणना प्रतिनिधि राख्नेबारे जिल्ला निर्वाचन कार्यालयले गरेको व्यवस्थामा आपत्ति जनाएका छन् । बालेनका अनुसार मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि राख्न सकिने जानकारी निर्वाचन अधिकृतले गराएका छन् ।

‘सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्धतिको निर्वाचन भएको छ । उम्मेदवारी दिने समय होस् वा शुल्क वा प्रक्रिया, कतै पनि पार्टीगत उम्मेदवार र स्वतन्त्र उम्मेदवारको भिन्नता सोचिएको छैन,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’हरेकलाई हरेकसँग प्रतिस्पर्धी मानिएको छ । हरेकले पाउने प्रत्येक मतको मतभार बराबर छ । यस्तोमा दलगत र स्वतन्त्र भनेर गणनामा किन फरक गर्न खोजिदैछ ?’

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)