मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इन्टर मियामी एमएलएसको प्लेअफमा

kendrabindu.com · Thu Oct 15 04:27:57 GMT 2026

काठमाडौं । न्युयोर्क सिटी एफसीविरुद्ध २–० को जित निकाल्दै इन्टर मियामीले मेजर लिग सकर (एमएलएस)को प्लेअफमा स्थान बनाएको छ । बिहीबार बिहान नु रंगशालामा घरेलु टोली मियामीलाई जित दिलाउन जर्मेन बेर्तेरामे र रोड्रिगो डी पाउलले गोल गरे ।

मियामीले जुलाईपछि पहिलोपटक लगातार दुई खेल जितेको हो । गएको शनिबार टोलीले डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको थियो । खेलको २०औँ मिनेटमा बेर्तेरामेले गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा डी पाउनलले टोलीको अग्रता दोब्बर बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)