सत्ता दाउपेचमा संक्रमणकालीन न्याय
ekantipur.com · Sun Jan 14 00:50:31 GMT 2024
काठमाडौँ — पीडितलाई समयमै न्याय दिनुपर्ने र शान्ति प्रक्रियालाई सम्पूर्ण रूपमा टुंग्याउनुपर्ने अभिभारालाई मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूले सत्ता राजनीतिको लेनदेनमा अघि बढाउन खोज्दा संक्रमणकालीन न्याय (टीआरसी) सँग सम्बन्धित विधेयक गिजोलिँदै जान थालेको छ । संसद्बाट विधेयक पारित नहुँदा पीडितलाई न्याय दिने र टुंग्याउनुपर्ने शान्ति प्रक्रियाका बाँकी कामको सम्पूर्ण प्रक्रिया नै लामो समयदेखि अवरुद्ध भएको हो ।
यसबीच, प्रमुख प्रतिपक्ष एमालेले विधेयकमा राख्दै आएको केही ‘रिजर्भेसन’ लाई पछिल्लो समय सत्ता राजनीतिको दाउपेचसँग जोड्न खोजेको भन्दै गठबन्धनका मुख्य नेताहरू एमालेको असहमतिका बीच पनि विधेयक अघि बढाउने कसरतमा लागेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)