कांग्रेस केन्द्रीय सदस्यमा एनएमए पूर्वअध्यक्ष : एकजना ढुक्क, एकजनालाई ढुकढुक
swasthyakhabar.com · Thu Oct 15 04:36:11 GMT 2026

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि भइरहेको मतगणनामा नेपाल चिकित्सक संघ (एनएमए) का पूर्वअध्यक्षद्वय डा. मुक्तिराम श्रेष्ठ र डा. केदार नरसिंह केसीको मतपरिणामले फरक अवस्था देखाएको छ। खुला केन्द्रीय सदस्यतर्फ डा. श्रेष्ठ प्रतिस्पर्धात्मक अवस्थामा रहँदा पेशागत तथा विषयगत क्षेत्रतर्फ डा. केसीले अग्रता कायम राखेका छन्।
कांग्रेसको खुला केन्द्रीय सदस्यका ४५ पदका लागि ५ हजार ४ सय मत गणना हुँदा डा. मुक्तिराम श्रेष्ठले १ हजार ८ सय ३४ मत पाएका छन्। उनी उम्मेदवारमध्ये ४० औँ स्थानमा छन्। मतगणनाको सुरुवाती चरणमा ३५ जनाभित्र रहेका श्रेष्ठ पछिल्लो गणनामा पाँच स्थान तल झरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)