नारायणी किनारमा तटबन्धसहित सौन्दर्य अभिवृद्धि गरिँदै
nepalnews.com · Thu Oct 15 04:52:03 GMT 2026

चितवन। नारायणगढ बजारसँगै रहेको नारायणी नदीको तटीय क्षेत्रलाई तटबन्धनसँगै सौन्दर्य अभिवृद्धि गरिने भएको छ। यसअघि बनाइएका अधिकांश संरचना बाढीले बगाएपछि नदी तटीय क्षेत्रको गुरुयोजना निर्माण गरी काम गर्न लागिएको हो।
नदीको बाढी बजारमा पसेपछि उद्योग वाणिज्य संघ चितवनको प्रतिनिधिमण्डलले बजार बचाउन र नदी तटीय क्षेत्रलाई व्यवस्थित गर्ने मागसहित सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य एवं रास्वपाका सभापति रवि लामिछानेलाई भेट गरेको थियो। भेटलगत्तै सभापति लामिछानेको आग्रहपछि पूर्वाधार विकास मन्त्रालयले गुरुयोजना तर्जुमाका लागि कार्यदल बनाएको थियो। रास्वपाका केन्द्रीय कोषाध्यक्ष डा. मनोहर प्रधानका अनुसार सभापतिको आग्रहपछि मन्त्रालयले बनाएको कार्यदलले स्थलगत अध्ययन थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)