मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चाडपर्व मनाउन ऋण लिनुपर्ने बाध्यता

gorkhapatraonline.com · Thu Oct 15 04:59:30 GMT 2026

दसैँ नजिकिएसँगै दैलेख सदरमुकाममा चहलपहल बढेको छ । दैलेख सदरमुकामस्थित गणेश चोकमा अस्थायी बसोबास गर्दै आएका बादी समुदायका परिवार भने दसैँ कसरी मनाउने भन्ने चिन्तामा छन् ।

आर्थिक अभावका कारण दैनिक घरखर्च जुटाउनै मुस्किल भएपछि उनीहरू चाडपर्व मनाउन ऋण खोज्न बाध्य भएका छन् । गणेश चोकमा बसोबास गर्दै आएका बादी समुदायका ज्येष्ठ नागरिकका लागि दसैँको खुसीभन्दा पनि छाक टार्ने र घरखर्च जुटाउने चिन्ता ठुलो बनेको छ । नमुना बस्तीका ९० वर्षीय धनकला बादीको अवस्था झनै पीडादायी छ । गत साउनमा लडेर खुट्टा भाँचिएपछि उहाँलाई उपचार गर्नसमेत समस्या भएको छ । उमेर ढल्किँदै गएको र शारीरिक रूपमा काम गर्न नसक्ने अवस्थामा पुगेपछि उहाँको जीवनयापन कष्टकर बन्दै गएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)