मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल र भारत आज भिड्दै : दर्शक राख्न सरकारको स्वीकृति

annapurnapost.com · Thu Sep 02 06:54:00 GMT 2021

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बिहीबार हुने भारतविरुद्धको मैत्रीपूर्ण खेल जित्नकै लागि खेल्ने बताएका छन्। बुधबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध हार वा बराबरीका लागि नभई नेपालले जित्नका लागि खेल्ने बताएका हुन्।

‘भारत निकै बलियो टोली हो। दक्षिण एसियामा संधै उसको दबदबा रहँदै आएको छ। यस्तोमा भारतलाई हराउन नेपाललाई निकै कठिन हुनेछ। त्यसका लागि हाम्रा खेलाडीले निकै मेहनत गर्नुपर्नेछ’, प्रशिक्षक अलमुताइरीले भने, ‘हामीले जित्नकै लागि खेल्नुपर्नेछ र खेल्छौं पनि।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)