सल्यान बस दुर्घटना १२ को मृत्यु, २८ घाइते
nayapatrikadaily.com · Mon Nov 08 00:45:00 GMT 2021
सल्यानमा आइतबार भएको बस दुर्घटनामा १२ यात्रुको मृत्यु भएको छ । २८ यात्रु घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका दुलधाराबाट दाङको तुलसीपुरका लागि छुटेको ना.१ख २५५२ नम्बरको बस बिहान ११ बजेतिर कपुरकोट गाउँपालिका– ५ खारखोलामा दुर्घटना भएको थियो ।प्रहरीका अनुसार दुर्घटनामा सल्यानको शारदा नगरपालिका– १२ का ५३ वर्षीया प्रभा चलाउने, वडा नम्बर २ की ६१ वर्षीया मीना डाँगी, वडा नम्बर ३ बस्ने ६६ वर्षीया लीला बुढाथोकी र त्रिवेणी गाउँपालिका– १ काभ्राकी २४ वर्षीया मीना शाहीको मृत्यु भएको छ ।
त्यस्तै, दाङको बबई गाउँपालिका–४ की ६० वर्षीया डुली रेउले, वडा नम्बर ६ पञ्चकुलेकी ७० वर्षीया कलावली बुढाथोकी, छत्रेश्वरी गाउँपालिका– २ का २९ वर्षीय तिलक वली, घोराही उपमहानगरपालिकाको नारायणपुर बस्ने ६५ वर्षीया इन्द्रा अधिकारी, शान्तिनगर गाउँपालिकाकी ३५ वर्षीया सावित्रा केसी र दाङ कोरवाङका पाँच वर्षीय सुरज वलीको पनि ज्यान गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)