अब घरमै आइपुग्छ नेपाल टेलिकमको नयाँ सिम, अनलाइनबाटै आवेदन दिन सकिने
ictsamachar.com

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि हुलाक सिम सेवा सुरु गरेको छ । यस सेवा अन्तर्गत ग्राहकले अब टेलिकमको काउन्टरमा लाइनमा बस्न नपरी अनलाइन आवेदन दिई आफ्नो नयाँ प्रिपेड फिजिकल सिमकार्ड हुलाक मार्फत घरदैलोमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
सूचना तथा सञ्चार मन्त्री माननीय डा. विक्रम तिमिल्सिनाले एक कार्यक्रमका बिच सो सेवाको शुभारम्भ गरेका हुन् । सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले पहिलो ग्राहकको रुपमा मन्त्री तिमिल्सिनालाई सिम हस्तान्तरण गरिन ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)