विश्वव्यापी ऋण संकट समाधान गर्न धनी राष्ट्रहरूलाई आईएमएफको आग्रह
clickmandu.com · Thu Oct 15 05:32:49 GMT 2026

एजेन्सी । अमेरिका र अन्य धनी राष्ट्रहरूले बढ्दो विश्वव्यापी ऋणको स्तरलाई तत्काल सम्बोधन गर्न आवश्यक रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुखले बुधबार बताएकी छन् । यस ऋणले कम आय भएका मुलुकहरूमा सबैभन्दा बढी भार पारिरहेको छ र विश्वव्यापी आर्थिक प्रणालीमा दबाब सिर्जना गरिरहेको छ ।
आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्ट र अन्य अमेरिकी नेताहरूले संघीय घाटा र राष्ट्रिय ऋण धेरै उच्च रहेको स्वीकार गरेको बताएकी छन् । तर, देशको ४०० खर्ब अमेरिकी डलरभन्दा बढीको राष्ट्रिय ऋणलाई सम्बोधन गर्न आर्थिक वृद्धि मात्र पर्याप्त नहुने उनले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)