मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काठमाडौं र झापाले अंक बाँडे

annapurnapost.com · Tue Dec 05 00:57:25 GMT 2023

काठमाडौं : काठमाडौं रेजर्स र झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत सोमबार भएको खेलमा बराबरी खेल्दै अंक बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा साविक विजेता काठमाडौं र झापाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

नवप्रवेशी झापासँग रोकिँदा काठमाडौंले शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्ने अवसर गुमायो। काठमाडौंले तीन खेलमा पाँच अंक जोडेको छ। तीन खेलमा एक जित र दुई बराबरीको नतिजा निकालेको काठमाडौं तालिकाको चौथो स्थानमा छ। प्रतियोगिताको उद्घाटन खेलमा स्पोर्टिङ इलाम एफसीलाई १–० गोलले पराजित गरेको काठमाडौं दोस्रो खेलमा एफसी चितवनसँग १–१ गोलको बराबरीमा रोकिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)