२७ वर्षअघिदेखि अधुरो रहेको मातातीर्थ–चोभार प्रसारण लाइन चार्ज, बाँकी काम तीव्र पार्न कुलमानको आग्रह
clickmandu.com · Thu Oct 15 05:37:43 GMT 2026

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउन महत्त्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मातातीर्थ–चोभार खण्डको निर्माण सम्पन्न भई एउटा सर्किट चार्ज भएकोमा खुसी व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले करिब २७ वर्षअघि सुरु गरिएको उक्त आयोजना जग्गा विवाद र स्थानीय अवरोधका कारण लामो समयदेखि अधुरो रहेको उल्लेख गरे । काठमाडौं, ललितपुर र भक्तपुरलाई समेटेर १३२ केभी प्रसारण लाइनको रिङ संरचना निर्माण गर्ने उद्देश्यले यो आयोजना अघि बढाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)