इजरायलसँग लेबनानी राष्ट्रपतिको अपिल- युद्ध होइन वार्ता रोजौँ
nepalviews.com · Tue Jun 09 03:47:11 GMT 2026

बेरुत । लेबनानका राष्ट्रपति जोसेफ आउनले इजरायली सरकार र त्यहाँका जनतालाई युद्ध अन्त्य गरी वार्ताको टेबुलमा आउन प्रत्यक्ष अपिल गरेका छन् । अमेरिकी सञ्चारमाध्यम सीएनएनसँगको कुराकानीमा राष्ट्रपति आउनले सैन्य समाधानले कहिल्यै पनि इजरायललाई सुरक्षा र अमनचयन दिन नसक्ने बताए ।
राष्ट्रपति आउनले वार्ताका लागि लेबनान पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले भने, "हामी (वार्ताका लागि) तयार छौँ, इच्छुक छौँ र प्रतिबद्ध छौँ । के तपाईं हुनुहुन्छ? यदि हुनुहुन्छ भने, आउनुहोस् बसौँ र कुरा गरौँ ।"
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
इजरायल