मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

होर्मुजमा मालवाहक जहाज डुब्यो, घटनाबारे अनुसन्धान जारी

ratopati.com · Thu Oct 15 06:03:43 GMT 2026

इरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को नौसेनाले स्ट्रेट अफ होर्मुजमा समुद्री सुरुङ विस्फोटकमा ठोक्किएपछि एउटा मालवाहक जहाज डुबेको जनाएको छ । जारी युद्धका क्रममा समुद्री सुरुङमा ठोक्किएर जहाज डुबेको घटना पहिलोपटक सार्वजनिक भएको इरानी पक्षको भनाइ छ । यसैबीच, समुद्री यातायातसम्बन्धी अधिकारीहरूले सिंगापुरमा दर्ता भएका दुई मालवाहक जहाज मंगलबार र बुधबार जलडमरूमध्य पार गर्ने क्रममा अज्ञात वस्तुबाट प्रहारमा परेको जानकारी दिएका छन् । तीमध्ये एउटा जहाज डुबेको छ भने अर्को सुरक्षित स्थानमा पुग्न सफल भएको छ ।

सिंगापुरको सामुद्रिक तथा बन्दरगाह प्राधिकरणका अनुसार डुबेको जहाजमा रहेका सबै चालक दलका सदस्यलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो । दुवै घटनामा कुनै मानवीय क्षति भएको विवरण प्राप्त नभएको प्राधिकरणले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)