मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई तिहाइ हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह

kendrabindu.com · Thu Oct 15 06:00:10 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही नहुने बताएका छन्। राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा सरकारको सिफारिसमाथि संसदीय समितिले प्रश्न उठाउनु र आवश्यक परे रोक लगाउनु लोकतन्त्रको महत्वपूर्ण अभ्यास भएको उनको भनाइ छ।

सिंहले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित रहने बताएका छन्। बहुमतको शासन प्रणालीमा पनि सरकारलाई जवाफदेही बनाउने व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै उनले संसदीय समितिको भूमिकालाई लोकतन्त्रको सुन्दरता र गरिमासँग जोडेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)