चीनबाट प्राप्त पार्ट्सको सहयोगमा मध्यम दूरीको अत्याधुनिक ब्यालिस्टिक क्षेप्यास्त्र बनाउँदै हुथी विद्रोही
nepalviews.com · Thu Oct 15 06:02:57 GMT 2026

एजेन्सी । यमनका इरानसमर्थित हुथी विद्रोहीले चिनियाँ पार्ट्सको सहयोगमा मध्यम दूरीको नयाँ र अत्याधुनिक ब्यालिस्टिक क्षेप्यास्त्र प्रणाली निर्माण गर्ने प्रयास गरिरहेको एक नयाँ प्रतिवेदनले देखाएको छ। द्वन्द्वग्रस्त क्षेत्रमा हतियारको प्रयोग र आपूर्तिको अनुगमन गर्ने बेलायतस्थित संस्था ‘कन्फ्लिक्ट आर्मामेन्ट रिसर्च’ले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो।
साउदी अरेबियासँग जारी युद्धका क्रममा हुथी विद्रोहीले मध्यपूर्वकै अत्याधुनिक सैन्य शक्तिमध्ये एक साउदी सेनालाई समेत चुनौती दिन सक्ने क्षमता प्रदर्शन गरिरहेका बेला उक्त प्रतिवेदन सार्वजनिक भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)