मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पश्चिम नवलपरासीमा १४ लाख ८४ हजारको अवैध मदिरा बरामद

gorkhapatraonline.com · Thu Oct 15 06:05:42 GMT 2026

भारतीय बजारबाट भन्सार छली गरी नेपाल भित्र्याइएको ठुलो परिमाणको मदिरा पश्चिम नवलपरासीमा प्रहरीले बरामद गरेको छ । प्रहरीले बिहीबार सुस्ता गाउँपालिका–५, महलबारीस्थित भित्री सडकखण्डबाट करिब १४ लाख ८४ हजार रुपियाँ बराबरको अवैध मदिरा नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार भारतीय बजारबाट अवैध रूपमा नेपालतर्फ मदिरा भित्र्याइँदै गरेको गोप्य सूचनाका आधारमा प्रहरीले उक्त क्षेत्रमा छापा मारेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)