होला त एकता घोषणा ?
annapurnapost.com · Sat Jul 10 06:20:00 GMT 2021
काठमाडौं : नेकपा एमालेको एकता सहमति नजिक पुगेको छ। कार्यदलले लगातार पाँच दिनदेखि जारी राखेको छलफल, संवाद सहमति नजिक पुगेको बताउँदै शनिबार निष्कर्षमा पुर्याउने दुवै पक्षका नेताहरूले जानकारी दिएका हुन्। शुक्रबार करिब ७ घण्टा लगातार एकतालाई निष्कर्षमा पुर्याउन छलफलमा कार्यदलका नेता लागिपरेका छन्। उनीहरूले सहमतिको दस्तावेज तयार पारेका छन्। शनिबार पार्टी एकताको सहमतिको दस्तावेजलाई अन्तिम रूप दिइने भएको छ।
बिहीबार नै एकताको घोषणा गर्ने तयारी गरेको कार्यदलमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्तापछि केही कठिनता उत्पन्न भएको थियो। माग र सर्त पनि थपिएका थिए। केन्द्रीय कमिटीमा आफनो पक्षको सन्तुलन हुने पर्ने माग थपेपछि केही समस्या आएको थियो। एमाले र माओवादी एकीकरण हुँदा ओलीले आफू पक्षका ३८ र माओवादी केन्द्रबाट आएका २३ जना नेतालाई एकलौटी केन्द्रीय कमिटीमा थपेकोमा त्यसमा आफ्नो पक्षको पनि सन्तुलन हुनुपर्ने भन्दै थप माग माधव पक्षले अघि सारेको थियो। एकीकरणको समयमा थप्ने विषयमा माधव नेपालको पनि सहमति नै थियो। यी विषयमा दुवै पक्षलाई विन–विन हुने गरी सहमति भएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)