आमिर खानका भान्जा इमरानलाई भारत छाड्न मुम्बई प्रहरीको आदेश
kendrabindu.com · Thu Oct 15 06:25:36 GMT 2026

नयाँदिल्ली । मुम्बईमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजित प्रदर्शनमा सहभागी भएको केही दिनपछि बलिउड अभिनेता इमरान खानलाई भारत छाड्न प्रहरीले निर्देशन दिएको छ। मुम्बई प्रहरीले उनलाई अक्टोबर २८ सम्म देश छाड्न समयसीमा दिएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ।
प्रहरीका अनुसार भारतीय नागरिक नभएका खानले प्रदर्शनमा सहभागी भएर अध्यागमनसम्बन्धी प्रावधान उल्लङ्घन गरेको आरोपमा उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो। खान बलिउड अभिनेता आमिर खानका भान्जा हुन्। उनीसँग अमेरिकी नागरिकता र भारतीय मूलका विदेशी नागरिकका लागि जारी गरिने ओभरसिज सिटिजन अफ इन्डिया (ओसीआई) कार्ड रहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)