होर्मुजमा मालवाहक जहाज डुब्यो, घटनाबारे अनुसन्धान जारी
nepalnews.com · Thu Oct 15 06:33:02 GMT 2026

तेहरान। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को नौसेनाले होर्मुज जलडमरूमध्यमा समुद्री सुरुङ विस्फोटकमा ठोक्किएपछि एउटा मालवाहक जहाज डुबेको जनाएको छ।
जारी युद्धका क्रममा समुद्री सुरुङमा ठोक्किएर जहाज डुबेको घटना पहिलो पटक सार्वजनिक भएको इरानी पक्षको भनाइ छ। यसैबीच, समुद्री यातायातसम्बन्धी अधिकारीहरूले सिंगापुरमा दर्ता भएका दुई मालवाहक जहाज मंगलबार र बुधबार जलडमरूमध्य पार गर्ने क्रममा अज्ञात वस्तुबाट प्रहारमा परेको जानकारी दिएका छन्। तीमध्ये एउटा जहाज डुबेको छ भने अर्को सुरक्षित स्थानमा पुग्न सफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)