नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न, लेखा परीक्षण प्रतिवेदन पारित
nepalpress.com · Thu Oct 15 06:34:50 GMT 2026

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । क्लियरिङ्ग हाउसले आ.व. २०८२/८३ को आफ्नो पन्ध्रौँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न गरेको हो ।
साधारण सभामा लेखा परीक्षण प्रतिवेदन सहितको २०८३ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस पश्चात् एनसीएचएलको चुक्ता पुँजी एक अर्ब ६७ करोड ७२ लाख ८८ हजार दुई सय रुपैयाँ बराबरको हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)