रोनाल्डोले जोगाए युनाइटेडलाई
ratopati.com
क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई एटलान्टासँग हारबाट जोगाएका छन् । मंगलबार एटलान्टासँग २–२ को बराबरी खेल्दै युनाइटेड समूह एफको शीर्ष स्थानमा रहन सफल भएको हो ।
खेलमा जोसिप इलिसिचले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै रोनाल्डोले खेल बराबरी गरेका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै डुभान जापाटाले इटालिन टोलीलाई पुनः अग्रता दिलाए । हारतर्फ अघि बढिरहेको युनाइटेडका लागि इन्जुरी समयमा गोल गर्दै रोनाल्डोले खेल पुनः बराबरी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)