तिब्बती भाषा पढाउन भारत लगिँदै गरिएका २५ बालबालिकाकाे उद्धार
kendrabindu.com · Thu Oct 15 06:45:10 GMT 2026

कञ्चनपुर । तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजान लागिएका १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा सुरक्षा निकायले नेपाल फर्काएको छ। कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत प्रवेश गरेका उनीहरूलाई बनबासास्थित चेकपोस्टमा रोकेर नेपाल फर्काइएको हो।
हुम्लाको सिमकोट गाउँपालिका–८, सेयराका ती बालबालिकालाई पञ्चपविर बुढाले भारततर्फ लगेको बताइएको छ। बनबासास्थित चेकपोस्टमा पुगेपछि भारतीय पक्षले उनीहरूलाई रोकेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)