राष्ट्रपति समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस
nepalnews.com · Thu Oct 15 07:01:35 GMT 2026

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगको प्रतिवेदन राष्ट्र प्रमुख समक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)