सरकारले माग्यो अस्पतालसँग तथ्यांक
rajdhanidaily.com · Wed Jun 02 23:02:21 GMT 2021
काठमाडौं सरकारले कोरोना संक्रमणविरुद्ध खोप प्रभावकारिता सन्दर्भमा अस्पतालसँग तथ्यांक मागेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलका अनुसार अस्पतालसँग खोप लगाएका र नलगाएकाको विस्तृत तथ्यांक माग गरिएको हो ।
‘अस्पतालमा मृत्यु, भर्ना, परीक्षण गरेर कोरोना पोजेटिभ आए-नआएकाले खोप लगाएको वा नलगाएको रिपोर्ट माग गरेका छौं,’ डा. तारानाथ पोखरेलले बुधबार राजधानीसँग भने, ‘त्यसपछि विस्तृत विवरण थाहा होला ।’ उनले प्राप्त जानकारीको हवाला दिँदै खोप नलगाएकाको मृत्युदर अत्यधिक रहेको पनि उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)