मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्युतीय तार : वन्यजन्तुका लागि जोखिम

nepalnews.com · Thu Oct 15 07:20:48 GMT 2026

चितवन। चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका संरचनामा जडान गरिएका विद्युतीय तार वन्यजन्तुका लागि जोखिमपूर्ण बनेका छन्। विद्युतीय तारमा परेर हात्ती, गैंडालगायतका वन्यजन्तुले अनाहकमा ज्यान गुमाएका कारण विद्युतीय तार वन्यजन्तुका लागि अभिषाप बन्दै गएको छ।

निकुञ्जका सूचना अधिकारी अविनाश मगरले विसं २०६४ देखि हालसम्म निकुञ्जभित्र र बाहिरी मध्यवर्ती क्षेत्रमा करेन्ट लागेर दुई हात्ती, पाँच गैँडा र एक चितुवाको मृत्यु भइसकेको जानकारी दिए। तीमध्ये दुई हात्ती र एक गैंडा निकुञ्ज कार्यालय तथा नेपाली सेनाका संरचनामा जडान गरिएका बिजुलीका तारमा परेर मरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)