येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान
corporatenepal.com · Tue Jun 30 13:40:00 GMT 2026

टोकियो । अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन ४० वर्षयताकै न्यून स्तरमा पुगेपछि जापानले आवश्यक परे विदेशी विनिमय बजारमा हस्तक्षेप गर्न तयार रहेको जनाएको छ ।
जापानका अर्थमन्त्रीले मङ्गलबार अधिकारीले परिस्थितिमाथि नजिकबाट निगरानी गरिरहेको र आवश्यक परे उपयुक्त कदम चालिने बताएका हुन् । स्थानीय सञ्चारमाध्यमका अनुसार उहाँले आवश्यकता अनुसार जुनसुकै बेला उचित हस्तक्षेप गर्न सकिने सङ्केत दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)