इमरान खानको गढमा संकटकाल- चुनौतीहरू थप चुलिए
lokaantar.com

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको मुख्य राजनीतिक पकड क्षेत्र मानिने उत्तर-पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा संकटकाल (राज्यपाल शासन) घोषणा गरिएपछि जेलमा रहेका खानका लागि राजनीतिक र व्यक्तिगत चुनौतीहरू थप चुलिएका छन् । एकतर्फ उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको खबर सार्वजनिक भइरहेका बेला अर्कोतर्फ उनी नेतृत्वको प्रान्तीय सरकारलाई समेत निलम्बन गरिएको हो ।
राष्ट्रपति आसिफ अली जर्दारीले अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा प्रान्तमा चरमपन्थी आक्रमणहरू बढेको र स्थानीय सरकार आतङ्कवाद नियन्त्रण गर्न असफल भएको अभियोग लगाउँदै संकटकालको घोषणा गरेका हुन्। यो कदमसँगै खानको दल ‘पाकिस्तान तहरिक-ए-इन्साफ’ (पीटीआई) को प्रान्तीय सरकार बर्खास्त गरी राष्ट्रपति जर्दारीकै पार्टीका नेतालाई प्रान्तको जिम्मेवारी सुम्पिइएको रोयटर्सले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)