प्रतिबन्धित इम्युनोसप्रेसेन्ट औषधिको प्रयोगबाट प्रतिकूल असर परेमा आयातकर्ता र चिकित्सक जिम्मेवार : डीडीए
swasthyakhabar.com · Thu Oct 15 07:37:41 GMT 2026

काठमाडौ - औषधि व्यवस्था विभाग (डीडीए) ले मापदण्डविपरीत नयाँ उत्पादन वा आयात गरिएका इम्युनोसप्रेसेन्ट औषधिको प्रयोगबाट प्रतिकूल असर परेमा त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने स्पष्ट पारेको छ। विभागले त्यस्ता औषधि उपलब्ध गराउने (आयात/उत्पादक) वा प्रयोग गराउने निकाय तथा व्यक्ति(चिकित्सक)लाई जिम्मेवार हुने चेतावनी दिएको हो।
विभागले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा तोकिएको समयभित्र जोखिम मूल्याङ्कनसम्बन्धी कागजात पेस नगरेका वा निर्धारित मापदण्ड पूरा नगरेका ४७ ब्रान्डका औषधिको नयाँ उत्पादन तथा आयातमा रोक लगाइएको जनाएको छ। विभागले यस्ता औषधिका दर्ता प्रमाणपत्रसमेत खारेज हुने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)