मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

khabarhub.com · Thu Oct 15 07:46:50 GMT 2026

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै आधारभूत मूल्यमा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ प्रतिशत रहने प्रारम्भिक अनुमान प्रस्तुत गरेको छ ।

कार्यालयले अन्तर्राष्ट्रिय मुद्रा कोषको अरिमा विधिको प्रयोग गरी तयार पारेको मौसमी प्रभाव समायोजित तथ्याङ्क अनुसार भने तेस्रो त्रैमासिक (माघ, फागुन र चैत) को तुलनामा चौथो त्रैमासिकमा जीडीपी १.५४ प्रतिशतले बढेको देखाएको हो । जुन वर्तमान सरकारको पहिलो त्रैमासिक अवधि हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)