मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

होर्मुज जलडमरूमध्यमा मालवाहक जहाज डुब्यो, घटनाबारे अनुसन्धान जारी

barnanmedia.com · Thu Oct 15 07:43:17 GMT 2026

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)को नौसेनाले होर्मुज जलडमरूमध्यमा समुद्री सुरुङ विस्फोटकमा ठोक्किएपछि एउटा मालवाहक जहाज डुबेको जनाएको छ । जारी युद्धका क्रममा समुद्री सुरुङमा ठोक्किएर जहाज डुबेको घटना पहिलो पटक सार्वजनिक भएको इरानी पक्षको भनाइ छ ।

यसैबिच, समुद्री यातायातसम्बन्धी अधिकारीहरूले सिंगापुरमा दर्ता भएका दुई मालवाहक जहाज मंगलबार र बुधबार जलडमरूमध्य पार गर्ने क्रममा अज्ञात वस्तुबाट प्रहारमा परेको जानकारी दिएका छन् । तीमध्ये एउटा जहाज डुबेको छ भने अर्को सुरक्षित स्थानमा पुग्न सफल भएको छ । सिंगापुरको सामुद्रिक तथा बन्दरगाह प्राधिकरणका अनुसार डुबेको जहाजमा रहेका सबै चालक दलका सदस्यलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)