डा केसी अस्पताल भर्ना
nepalsamaya.com · Wed Sep 14 16:41:10 GMT 2022
धनगढी- धनगढीमा सोमबारदेखि २०औं अनशन सुरू गरेका डाक्टर गोविन्द केसी अस्पताल भर्ना भएका छन्। बुधबार स्वास्थ्यमा समस्या आएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको हो।
डा केसीले खानेकुरा नखाएकाले स्वास्थ्यमा समस्या आएको अस्पतालका डा शेरबहादुर कमरले बताए। ‘श्वासप्रश्वासमा समस्या देखिन थालेको छ। मांसपेशी र टाउको दुख्ने लगायतका समस्या उहाँमा देखिएका छन्,' डाक्टर कमरले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)