अब घरमै आइपुग्छ नेपाल टेलिकमको नयाँ सिम, हुलाकबाटै वितरण सेवा सुरु
ajakoartha.com · Thu Oct 15 08:05:00 GMT 2026

काठमाडौं- नेपाल टेलिकमले ग्राहकलाई घरमै नयाँ प्रिपेड सिमकार्ड उपलब्ध गराउने उद्देश्यले ‘हुलाक सिम सेवा’ सुरु गरेको छ । यो सेवामार्फत ग्राहकले अनलाइन आवेदन दिएर हुलाक सेवाबाटै नयाँ भौतिक सिमकार्ड घरमै प्राप्त गर्न सक्नेछन् । यससँगै सिम लिन नेपाल टेलिकमको कार्यालयमा पुगेर लाइन बस्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।
सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले एक कार्यक्रमबीच उक्त सेवाको शुभारम्भ गरेका हुन् । सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले पहिलो ग्राहकका रूपमा मन्त्री तिमिल्सिनालाई सिमकार्ड हस्तान्तरण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)