कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
annapurnapost.com · Sat Mar 27 06:31:00 GMT 2021
काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। शनिबार बिहान ११ : ३० बजे आकस्मिक बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नविन्द्रराज जोशीको शुक्रबार राति निधन भएकाले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्नेछ। बैठकमा जोशीको निधनबारे शोक प्रस्ताव गरिने छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)