म्याक्स टाइगरको ‘दशैं धमाका’ मा प्रोटोन कार जित्ने अवसर
kalakarmi.com · Thu Oct 15 08:22:42 GMT 2026

काठमाडौं- म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत थप दुई उपभोक्ता स्कुटर र मोटरसाइकलको विजेता बनेका छन्।
पछिल्ला विजेतामा बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। पछिल्ला दुई विजेता थपिएसँगै अभियानअन्तर्गत हालसम्म पाँच जना उपभोक्ताले यामाहाका स्कुटर तथा मोटरसाइकल जितिसकेका छन्। यद्यपि, अभियानको बम्पर पुरस्कारका रूपमा राखिएको प्रोटोन कारको विजेता घोषणा हुन बाँकी छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)