नेपाल क्लियरिङ्ग हाउस लि.को पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न
ajakoartha.com · Thu Oct 15 08:19:00 GMT 2026

काठमाडौं- नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आ.व. २०८२÷८३ को आफ्नो पन्ध्रौँ वार्षिक साधारण सभा मिति २८ असोज २०८३ मा (१४ अक्टुबर २०२६) काठमाडौंमा सम्पन्न गरेको छ । बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८३ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५% बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४७४% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस पश्चात् एनसीएचएलको चुत्ता पुँजी रु. १,६७,७२,८८,२०० बराबरको हनेछ । कम्पनीले पूँजी वृद्धी मार्फत नेशनल पेमेन्ट प्रणालीहरु, नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणालीहरु, म्एक्ष् का लागि थप पूर्वाधारहरु, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नतीका लागि प्रयोग गरिनेछ ।
आ.व. २०८२÷८३ मा एनसीएचएलको भुक्तानी प्रणालीहरु मार्फत कुल २१० खर्ब बराबरको २३.८२ करोड भुक्तानी कारोबारहरु राफसाफ भएको थियो । उक्त आर्थिक वर्षमा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या र रकमको आधारमा १३% ले वृद्धि भए सँगै कम्पनीको सञ्चालन आमदानी ७% ले वृद्धि भएको छ । कम्पनीको खुद नाफा ने.रु ४१ करोड रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २ % ले कम हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)