मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा तातो हावाको लहर - ‘राष्ट्रिय सङ्कटकाल’ घोषणा गर्न उच्च अदालतको आग्रह

Ujyaaloonline.com · Fri May 31 23:22:14 UTC 2024

भारतको एक अदालतले तातो हावाको लहरलाई लिएर राष्ट्रिय सङ्कटकाल घोषणा गर्न आग्रह गरेको छ । राजस्थान उच्च अदालतले चरम मौसमी समस्या र गर्मीका कारण मानिसहरूको ज्यान गइरहेको भन्दै राष्ट्रिय सङ्कटकाल घोषणा गर्न सरकारलाई आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

भारतका थुप्रै शहरहरूमा ४५ डिग्री सेल्सियससभन्दा बढी तापक्रम र उष्ण लहरको समस्या देखिएको छ । पछिल्ला दिनहरूमा देशको पश्चिमी राज्य राजस्थानमा तातो हावाको लहरको प्रभाव बढी देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)