कांग्रेसमा दलित क्लस्टरबाट १४ केन्द्रीय सदस्य निर्वाचित
ratopati.com · Thu Oct 15 08:29:27 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा दलित क्लस्टरबाट १४ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । दलित खुलाबाट ८, दलित महिलाबाट ५ र दलित मधेसीबाट १ जना गरी १४ केन्द्रीय सदस्य निर्वाचित भएका हुन्।
दलित महिला ५ सदस्यका लागि १६ जनाबिच प्रतिस्पर्धा भएको थियो। जसबाट कमला नेपाली, छाँया सुनार, रुपा बिक शान्ति परियार बिक र सिता मिजार निर्वाचित भएका छन् । मिजारले ३ हजार ४३३, परियारले २ हजार ९६४, नेपालीले २ हजार ५५३, सुनारले २ हजार ११२ र बिकले २ हजार ६४९ मत ल्याए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)