ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
nepalviews.com · Tue Jun 09 04:06:31 GMT 2026

दाङ । दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ । आज बिहान लमही नगरपालिका–५ रातोडाँडामा रोकिराखेको ना ५ख ९३३६ नम्बरको ट्रक पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा लु१२प ९८४० नम्बरको मोटरसाइकल चालक लमही नगरपालिका–७ हसनापुर निवासी अन्दाजी ३७ वर्षीय जीवन गिरीको मृत्यु भएको हो । गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि लमही अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)